हामि छुट्टिनलाइ भोट हाल्ने र भन्या ?

सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपालि अर्थात हामि नेपालि बिभिन्न जातजातिको परिचय बोकेर पनि एक भएर बसेका छौ । किनै पनि जात जाति बिचमा मनमुटाव नभएर सुमधुर सम्बन्ध रहिआएको हाम्रो नेपालको चिरा चिरा बनाउने परिकल्पना गर्नेको समर्थक हामि हुन सक्छौ त ? पक्कै पनि हामिलाइ हाम्रो पहिचान चाहिन्छ त्यो जातले हैन हामि कर्मले चिनाउने प्रयात्न गरौ ।
चुनाब देशको नेत्रित्व र बिकासको लागि गर्ने हो । हाम्रो देशको बिकाश हुनुनै हाम्रो शफलता र राम्रो चिनारि पनि हो । त्यसैले  अब जातिय राज्य र जातको नाममा हामि एक भएर बसेका नेपाललिलाइ टुक्राउन कोहि सोच्छ भने पनि त्यसको सहयोग गर्नु हुँदैन । संबिधान साभाको निर्वाचनमा आफ्नो देश प्रतिको जिम्मेवारि निभाउनु पर्छ तर हामि नेपालिलाइ छुट्याउनेलाइ भोट भने पटक्कै दिनु हुँदैन । हामि धार्मि  छौ त्यो सत्य हो तर हामि नेपालि हौ भन्ने कसैले नभुलौ । हामिले देखेको सत्य हो , विश्वमा जातिय धार्मिक राज्य भएका देशमा बिद्रोहको आगो बलिरहेको छ । यसको उदहारण हाम्रा छिमेकि देशहरु पनि हुन । त्यसैले अब हामि सचेत हुने बेला आएको छ , हामि छुट्टियौ भने हाम्रो देशको के अश्तित्व रहन्छ र ? सचेत रहौ छुट्टिनलाइ भोट नहालौ !

भोट हाल्न पाउने जनतको अधिकार हो ।यसलाइ सहि ठाउँमा  प्रयोग गरौ । जातियता धर्म र संधियता भन्दा माथि उठेर देशको बारेमा सोच्नेलाइ मात्र भोट हालौ ।

Leave a Reply