बिजया दशमी २०७० साल को सुखद उपलक्क्षमा सम्पूर्ण दाजुभाई तथा दिदी बहिनी हरुमा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बादले
हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । बिजया दसमिको शूभकामन ।...
* * * * * * * * * दशै * * * * * * * * *
निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र
पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र ।
नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा
जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।।
एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु ।
धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।।
ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु ।
रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु ।
पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु
हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु ।
